खाेटाङ : दुई सय ६० कोरी नेपाली कागज बिक्री

 फागुन ६, २०७६ मंगलबार १०:५३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

खोटाङ – केपिलासगढी गाउँपालिका ३ मा रहेको फेदी सामुदायिक नेपाली हाते कागज उद्योगले दुई सय ६० कोरी नेपाली कागज बिक्री गरेको छ । 

चिलिम–लाहुरे–पोखरी सामुदायिक वनमा पाइने लोक्ता प्रशोधन गरेर हाते कागज उत्पादन गरिएको हो । हाते कागज कोरीको ६ हजार रुपैयाँमा बिक्री गरिएको उद्योग सञ्चालक मध्येका एक मनकुमार तामाङले बताउनुभयो । 

उत्पादन भएको कागज काठमाण्डौ हुँदै विभिन्न देशमा निर्यात हुने तामाङले बताउनुभयो । गएको वर्ष फेदीबाट एक सय ५० कोरी नेपाली कागज निर्यात गरिएको थियो ।   

२२ सय मिटरभन्दा माथिका लेकाली जङ्गलमा प्रशस्त मात्रामा पाइने सिक्रे लोक्ता प्रशोधन गर्दै कागज उत्पादनका लागि फेदीका स्थानीयले विसं २०६८ सालमा हाते कागज उद्योग स्थापना गरेका हुन् ।  

काेरी भनेकाे २० वटा वस्तुकाे समूहलाई एक एकाइ मानेर मापन गरिने प्राचीन प्रणाली हाे । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया