संसदमा बालुवाटार प्रकरणबारे गगन थापाकाे स्वस्थानी शैलीमा व्यङ्ग्य

 फागुन ६, २०७६ मंगलबार १६:८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि नाैलाे शैलीमा व्यङ्ग्य गर्नुभएकाे छ ।

उहाँले प्रतिनिधिसभाकाे शून्य समयमा स्वस्थानी वाचन शैलीमा यस्ताे व्यङ्ग्य गर्नुभएकाे हाे ।

उहाले भन्नुभयो, ‘कुमार जी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु, थाहा पाइहाले होइन होइन भन्नु । चित्त बुझाउन नसके, अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र दुई पटक विष्णु विष्णु भन्नु । त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु  । त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वस्थानी व्रतकथायां बालुवाटार प्रकरण वर्णनम नाम प्रथमाेध्याय ! धन्यवाद ।’

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया