अवैध लागुऔषधसहित पक्राउ परेका सात जना सार्वजनिक

 फागुन ६, २०७६ मंगलबार १९:५२:३९ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले लागुऔषध कारोबारमा  प्रक्राउ परेका सात जनालाई सार्वजनिक गरेकाे छ । 

प्रहरीले विभिन्न ठाउँबाट चरेससहित प्रक्राउ परेका ४ जना, ट्याब्लेटसहित प्रक्राउ परेका २ जना, चरेस र कस्तुरीको दाह्रासहित प्रक्राउ परेका १ जनालाई  मङ्गलबार सार्वजनिक गरेको हो ।

प्रहरीले गएकाे माघ २४ गते आठबीसकोट नगरपालिका–१४ बाट ४ जना पक्राउ गरेकाे थियाे। पक्राउ पर्नेहरुमा सानीभेरी गाउँपालिका-४, का २८ वर्षीय बलबहादुर चन्द, बाँफिकोट गाउँपालिका-८, का २३ वर्षीय लक्ष्मण केसी, ५ नम्बर वडाका ३१ वर्षीय महेन्द्रकुमार केसी र आठबीसकोट नगरपालिका–११, का २८ वर्षीय बिमलकुमार शाही रहेका छन् । 

उनीहरुलाई लागुऔषध ब्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले २ सय ७५ ग्राम कालो खैरो रंगको सेलेदार चरेस, अफिमजस्तो अर्ध-ठोस पदार्थ ३० ग्राम फेला परेकाे हाे ।

उनीहरुबाट मिठाइजस्तो देखिने ठोस पदार्थ १३ किलो, लागुऔषधजस्तो बनाइराखेको काठको टुक्राको पोका दश थान र खुर्सानीको धुलोसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । 

यस्तै गएकाे फागुन ४ गते ट्याब्लेटसहित २ जनालाई त्रिवेणी गाउँपालिका–३, झुल्नेटा बजारबाट पक्राउ गरिएको थियाे । मुसीकोट नगरपालिका–३, का २१ वर्षीय विष्णु कसेरा र रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४ का १९ वर्षीय गायस पुन ४ सय ३४ ट्याब्लेट र गाँजासहित पक्राउ परेका हुन् । 

फागुन ५ गते मुसीकोट नगरपालिका-१ बाट चरेस र कस्तुरीको दाह्रासहित रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिका–१० का १९ वर्षीय सिलास बुढा पक्राउ परेका थिए । एक किलो ३ सय ग्राम चरेस, एक किलो ७ सय ग्राम सुकुटी र कस्तुरीको दाह्रासहित पक्राउ परेका हुन् ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया