नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै - शिवरात्रीको लागि नेपाली सेनाले रिहर्सल गर्दा नेपाली आकाशको उडान अस्तव्यस्त भएको छ ।
शिवरात्रीको लागि नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टर र जहाज उडाउने र विभिन्न खेल देखाउनको लागि मंगलबार रिहर्सल गरेको थियाे ।
यसकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा दर्जनौँ जहाज आकाशमै घुम्नुपरेको छ । नेपाल एअरलाइन्सको दिल्लीबाट आएको जहाज दिल्ली नै डाइभर्ट भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
घन्टौँसम्म आकाशमा जहाज होल्ड हुँदा यात्रुले आक्रोश पोखेका छन् । तर विमानस्थलले भने जारी गरेको नोटामको उल्लंघन गर्न खोज्दा जहाज घुम्नुपरेको र यात्रुले दु:ख पाएको जनाएको छ ।
‘हामीले १ बजेर ४० मिनेटदेखि ४ बजेर १८ मिनेटसम्म नोटाम जारी गरेका थियौँ, हवाई कम्पनीले त्यसैअनुसार तालिका मिलाउनुपर्नेमा नमिलाएकै कारण दु:ख पाउनुपर्यो, यसमा हाम्रो कमजोरी छैन’, विमानस्थल स्रोतले उज्यालो अनलाइनसँग भन्यो ।
फाेटाे : माईला साहुकाे ट्विटरबाट
ashok sherstha
Feb. 19, 2020, 10:11 a.m.तर यो त विमानस्थलको कमजोरी हो नि / अन्तराष्ट्रिय उडानलाई होल्डमा राख्नु त राम्रो कुरा होइन क्यारे , अनि सायद हाम्रो नेपाली सेनाले पनि सोच्नु पर्यो नि ...जहिले पनि अन्तराष्ट्रिय उडान होल्डमा राख्दा जे पनि हुन सक्छ ...ख्याल गर्नु पर्यो नि / सबैजनाले सेनाको कार्यक्रम छ भनिदिए फ्लाइट होल्डमा राख्नु नै पर्दैन , यसरी होल्डमा राख्दा दुर्घटना पनि हुन सक्छ / सबैले यस्तो कुरामा समाधान खोज्नु पर्यो नि होइन र !!
surya bhakta bashistha
Feb. 18, 2020, 9:05 p.m.यो त हदै भयो । कसैको मनोरंजनकालागी हजारौ यात्रुलाई दुःख दिने को को हुन् तिनीहरूलाई कारवाही हुनु पर्दछ ।आइन्दा यस्तो गल्ती नदोहोरियोस् ।