अस्ट्रेलिया : कारमा आगलागी हुँदा ४ जनाकाे ज्यान गयाे

 फागुन ७, २०७६ बुधबार ८:५१:५० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अस्ट्रेलियामा कारमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । 

क्याम्प हिलमा भएको आगलागीमा १० वर्षमुनिका तीन जना बालबालिकासहित चार जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

आगलागीमा पीडितको बारेमा थाहा पाउनेको पनि ज्यान गएको छ । त्यस्तै कारमा रहेकी एक जना महिला शरीरका धेरै भाग जलेर घाइते भएकी छिन् र उनलाई उपचारका लागि अस्पताल लगिएको छ । 

कारमा कसरी आगलागी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको अस्ट्रेलियाको प्रहरीले जनाएको छ । प्रहरीले कारमा रहेका पाँचै जनाको पहिचान खुलाएको छैन ।

‘यो घटनाकाे दृश्य निकै भयानक थियो’, डेप्युटी इन्सपेक्टर पार्क थम्पसनले स्थानीय सञ्चारमाध्यमलाई जनाएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया