भैँसी चाेरेकाे आराेपमा दुई जना पक्राउ

 फागुन ७, २०७६ बुधबार ९:२:० | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

स्याङ्जा – भैँसी चोरी गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका २ बलमडाँडा का २४ वर्षीय अजमत अलि र २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ ।

उनीहरुले ग१ज ५८४१ नम्बरको जीपमा भैँसी र पाडी लिएर बयरघारीतर्फ जाँदै गर्दा सोधपुछका क्रममा भैँसी किनेको ठाउँ खुलाउन नसकेपछि मङ्गलबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । 

भीरकोट नगरपालिकाका तेजबहादुर केसीको दुई वर्षको पाडी र भीरकोट २ की जमुना केसीको सात वर्षको लैनो भैँसी गोठबाटै चोरी भएको थियो । पीडित किसानले गोठबाटै भैँसी हराएको उजुरी दिएपछि प्रहरीले खोजी सुरु गरेकाे थियो । खाेजीकै क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

तेजबहादुर केसी र जमुना केसीलाई भैँसी र पाडी देखाउँदा आफूहरुको भएको बताएको कार्यालयका प्रमुख, प्रहरी निरीक्षक (इन्स्पेक्टर) निरञ्जन घिमिरेले जानकारी दिनुभयो । चोरी कार्यमा संलग्नलाई जिल्ला अदालतमा म्याद थपी अनुसन्धान थालिएको जनाएको छ ।   

चोरी गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने भन्दै भीरकाेट नगरपालिकाका स्थानीय बासिन्दा वडा प्रहरी कार्यालय वालिङ पुगेका थिए । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया