सुनकाे भाउ अहिलेसम्मकै महँगाे

 फागुन ७, २०७६ बुधबार ११:२३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउले नेपाली बजारमा नयाँ कीर्तिमान कायम गरेको छ ।

मङ्गलबार ताेलाकाे ७६ हजार सात सय रुपैयाँ तोकिएर किर्तिमान कायम गरेको सुनको भाउ बुधबार पनि चार सय रुपैयाँले बढेर ७७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँची व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ । यसअघि अमेरिका र चीनको व्यापार युद्वका कारण बढेको सुनको मूल्य अहिले कोरोना भाइरसका कारण बढेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

सुन व्यवसायीले फागुन महिनालाई सुन चाँदीको सबैभन्दा धेरै कारोबार हुने महिनाको रुपमा लिने गरेका छन् । तर यसपालि भने फागुन महिनामा पनि कारोबार नभएको भन्दै उनीहरुले गुनासो गरेका छन् ।

यसअघिका वर्षहरुमा फागुन महिनामा दिनहुँ सुनको माग ५० किलो भन्दा धेरै हुने गरेकोमा अहिले १० देखि १५ किलो पनि नभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया