गौतमबुद्ध रंगशालाका लागि सन्दीपले हस्तान्तरण गरे घोषित रकम

उनका एजेण्ट तल

 फागुन ८, २०७६ बिहिबार १८:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली युवा बलर सन्दीप लामिछाने र उनका एजेन्ट तल्हा इसामले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ  धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध क्रिकेट रंगशालालाई प्रदान गरेका छन् ।

बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस र सुन्तलीलाई हस्तान्तरण गरेका हुन् । उनले अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलाका क्रममा आफूले लिने प्रत्येक विकेट बराबर ८ हजार ८ सय ४८ रूपैयाँ सहयोग गर्ने घोषणा गरेका थिए ।

यसै अनुरुप उनले अमेरिकासँगको पहिलो खेलमा २ र दोस्रो खेलमा ६ विकेटसहित ८ विकेट बराबरको रकम प्रदान गर्ने पक्का भएको थियो । सन्दीपले आफ्नो तर्फबाट ८ हजार ८ सय ४८ का दरले हुन आउने ७० हजार ७ सय ८४ रुपैँया र उनका एजेन्ट तल्हा इसामले पनि त्यति नै रकम थपेर रंगशालालाई दिएका हुन् ।

इसामले सन्दीपकाे अन्तर्राष्ट्रिय क्लब तथा खेलहरुका सम्बन्धमा सम्पूर्ण व्यवस्थापनकाे जिम्मेवारी सम्हाल्ने गर्दछन् ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया