एनसेल बोनान्जा अफर : गंगामाया र टिकारामलाई दश-दश लाख रुपैयाँ

 फागुन ८, २०७६ बिहिबार १७:३५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनसेल बोनान्जा अफर रिचार्जमा चमत्कार जित्ने ५ जनाले पुरस्कार पाएका छन् ।

एनसेलले ललितपुरको लबिम मलमा बिहीबार विशेष कार्यक्रम गरेर ५ जना विजेतालाई पुरस्कार वितरण गरेको हो । बम्पर प्राइजमा इलामकी गंगामाया राई र भैरहवाका टिकाराम बलाल मगरले जनही १० लाख रुपैयाँ जित्नुभएको छ ।

त्यसैगरी अरमान देवान, किरेम चौधरी र कृतिश उरावले २-२ लाख रुपैयाँका दरले पुरस्कार पाउनुभएको छ । विजेताहरुलाई एन्सेलको तर्फबाट हास्य कलाकार जितु नेपाल र नायिका सन्ध्या केसीले चेक हस्तान्तरण गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया