सुर्खेतमा दुुई लाख रुपैयाँ घुससहित एक कर्मचारी पक्राउ

 फागुन ८, २०७६ बिहिबार २०:४३:४८ | मुना हमाल
unn.prixa.net

सुुर्खेत - दुई लाख रुपैयाँ घुससहित सुर्खेतमा एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

भेरीगंगा नगरपालिकाका खानेपानी प्राविधिक चित्रहादुर केसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो । 

कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले सेवाग्राहीबाट दुुई लाख रुपैयाँ घुससहित केसीलाई पक्राउ गरिएको जानकारी दिनुभयो । भेरीगंगाकाे बराहमा रहेकाे झाेलुङगे पुल निर्माणको भुक्तानी गराउनका लागि आफूले सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट केसीले घुस मागेको बताउँदै यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेशमा सबै भन्दा बढी भ्रष्टाचारविरुद्ध उजुरी पर्ने स्थानीय तहमा पनि भेरीगंगा नगरपालिका पर्छ । सूचना अधिकारी सापकोटाले बिहीबार मात्रै सेवाग्राहीको उजुरीका आधारमा  कागजपत्र माग गर्दै नगरपालिकालाई पत्र लेखेको पनि जानकारी दिनुुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया