चितवन राष्ट्रिय निकुञ्जमा भेटियो नयाँ प्रजातिको चरा

 फागुन ९, २०७६ शुक्रबार ९:३३:१९ | रासस
unn.prixa.net

काठमाण्डौ - चितवन राष्ट्रिय निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको नयाँ चरा भेटिएको छ । 

बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वाध्यक्ष एवं चराविद् बासु विडारीका अनुसार सोसाइटीका सदस्य राजु तामाङले बिहीबार निकुञ्जमा ‘पूर्वीय कुलबारी’ प्रजातिको चरा भेट्नुभएको हो । 

छिपछिपे पानीमा पाइने ‘पूर्वीय कुलबारी’ चरा नेपालको कोशी टप्पु तथा पश्चिम नेपालमा भेटिएको भए पनि चितवनमा पहिलोपटक भेटिएको उहाँले बताउनुभयो । 

नयाँ प्रजातिको चरासँगै चितवन राष्ट्रिय निकुञ्जमा पाइने चराको प्रजाति ६४१ पुगेको छ । नेपालमा भने ८८७ प्रजातिका चरा पाइने गर्दछ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया