त्रिभुवन विमानस्थलमा उडान र अवतरण प्रभावित

 फागुन ९, २०७६ शुक्रबार १५:४६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मौसम खराब भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज उडान र अवतरण प्रभावित भएको छ ।

भिजिबिलिटीमा थपघट भैरहेकाले उडान प्रभावित भएको हो । उडानका लागि आवश्यक भिजिबिलिटी २५ सय हो । तर भिजिबिलिटी पुग्दा उडान हुने र नपुग्दा रोकिने भैरहेको विमानस्थलका ड्यूटी अफिसर केशव भट्टराईले जानकारी दिनुभयो ।

अहिले भने अन्तर्राष्ट्रिय उडान रोकिएका छन् ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया