वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
स्पिनर एश्टन एगरले ह्याट्रिक विकेट लिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्ध पहिलो टी २० मा १०७ रनको फराकिलो जित दर्ता गरेको छ ।
पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । २०१८ मा बल टेम्परिङ काण्डमा परेपछि पहिलो पटक दक्षिण अफ्रिकामा खेलेका स्टिभ स्मिथले कप्तान एरोन फिन्चसँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए ।
स्मिथ ४५ तथा फिन्च ४२ रनमा आउट भएका थिए । १९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो भएन । उसका लागि फाफ डु प्लेसीले २४ रन बनाएका थिए ।
दोस्रो ठूलो स्कोरका रुपमा कागिसो राबडाले २२ रन बनाएका थिए । अफ्रिका १४.३ ओभरमा ८९ रनमा समेटिएको थियो । अस्ट्रेलियाका एश्टन एगरले पाँच विकेट हात पारे । यस्तै एडम जाम्पा र प्याट कमिन्सले दुई दुई विकेट लिँदा मिचेल स्टार्कको नाममा एक विकेट रह्यो ।