अब पाइलट पढ्न बानी ब्यहोरामा ‘पास’ हुनुपर्ने

 फागुन १०, २०७६ शनिबार १२:५४:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अब पाइलट पढ्नको लागि पनि पूर्वशर्त पालना गर्नुपर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको हवाइ नीतिको मस्यौदामा पाइलट पढ्नको लागि पनि पूर्वशर्त पालना गर्नुपर्ने उल्लेख छ । पूर्वशर्त पालना नभएको देखिएमा पढ्नै नपाइने मस्यौदामा उल्लेख छ ।

विशेषगरी विगतका मनोवैज्ञानिक, बौद्धिक र व्यहारिक पक्ष  हेरेर मात्रै पाइलट अध्ययनको लागि अनुमति प्रदान गर्ने व्यवस्था रहेको छ ।

मस्यौदामा भनिएको छ –
राष्ट्रको भू—बनोटको अवस्था अनुसार अपनाउनुपर्ने सुरक्षात्मक सतर्कतालाई मध्यनजर गर्दै आगामी दिनमा नेपाली अनुमितपत्र मा वायुयान चालक बन्न ईच्छुक व्यक्तिलाई अध्ययन स्विकृती पूर्व नै स्वास्थ्य परिक्षण गर्दा त्यस्ता व्यक्तिको विगतका व्यवहार, मनोवैज्ञानिक, बौद्धिक र व्यवहारिक पक्षलाई समेत समेटी अन्तरराष्ट्रिय मापदण्ड अनुरुप गुणात्मक परिक्षण गराईने र त्यस्तो परिक्षणमा सफल भए पश्चात अध्ययन अनुमती प्रदान गर्ने, सो प्रावधान पुरा गरेकालाई मात्र नेपालमा दर्ता भएका तथा संचालनमा रहेका वायुयानको  Flight Crew Member झदभच बनाउन सकिने र सोही प्रावधान अनुरुप स्वदेशी तथा विदेशी लगानीमा मुलुक भित्रै हवाई उडान प्रशिक्षण केन्द्र (Flying School) संचालनका लागि प्रोत्साहित गरिने । यस्ता हवाई उडान प्रशिक्षण संस्थालाई निश्चित विमानस्थल प्रयोग गर्ने सरल एवं पारदर्शी व्यवस्था समेत मिलाइने
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया