आहा रारा गोल्ड कप : पुरस्कार राशी बढ्याे, यस पालादेखि १० लाख दिइने

 फागुन १०, २०७६ शनिबार १३:३०:२० | सुमन गुरुङ
unn.prixa.net

कास्की - १८ औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरेर १० लाख पुर्‍याइएको छ ।

सहारा क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताकाे पुरस्कार वृद्धि गरिएकाे जानकारी दिएको हो ।

गएका वर्ष ८ लाख १ हजार प्रदान गरिएकोमा यो वर्ष २ लाख बढाएर १० लाख १ हजारको साथमा शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरिने क्लबकाअध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको उपविजेताले ५ लाख १ हजार साथमा शिल्ड,पदक र प्रमाणपत्र पाउनेछन्। 

फागुनको २२ गतेदेखि चैतको १ गतेसम्म सञ्चालनहुने प्रतियोगितामा ’ए’ डिभिजनका ७ क्लबसहित १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा साविक विजेता थ्री स्टार र ’ए’ डिभिजनका उपविजेता त्रिभुवनआर्मीसहितमनाङ मर्स्याङ्दी क्लब, ब्रिगेड ब्वा‍इज क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र संकटा क्लबले खेल्नेछन् ।

यस्तै झापा ११, भारतको ग्याङ्टक सिटी फुटबल क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्नेछन् ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादनआहा तथा रारा तयारी चाउचाउ मुख्य प्रायोजक रहेको प्रतियोगितामा बचत हुनआएको रकम क्लबबाट सञ्चालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ। हाल तेस्रो ब्याचको एकेडेमीमा १४ जिल्लाका २४ जनाबालकहरु आश्रित छन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया