आफ्नो जन्मदिनमा नागरिकलाई उपहार दिन नजान्ने प्रधानमन्त्री ओली !

 फागुन ११, २०७६ आइतबार १४:८:२८ | मिलन तिमिल्सिना
unn.prixa.net

विशिष्ट व्यक्तिले मात्र होइन, सामान्य नागरिकले पनि आफ्नो जन्मदिन विशेष र स्मरणीय बनाउन खोज्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो ६९ औं जन्मदिनलाई सृजनशील र विशेष बनाउन खोज्नुभएको छ । तर जन्मदिनकै अवसर पारेर नागरिकलाई बहुमूल्य उपहार दिन भने उहाँको ढंग पुगेन ।

पछिल्लो पटक सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा कमिसन प्रकरणमा मुछिएपछि यसले प्रधानमन्त्रीतिर पनि औंला तेर्सिएको छ । यो प्रकरणबारे प्रधानमन्त्रीलाई पनि थाहा थियो, तर किन उहाँ अहिलेसम्म चुप बस्नुभयो भनेर धेरैले प्रश्न गरेका छन् ।

अघिल्ला वर्षहरुमा बालुवाटार र बालकोटमा केक काटेका प्रधानमन्त्री ओली यसपालि आफ्नो जन्मथलो तेह्रथुम पुग्नुभएको छ । जन्मदिनमा जन्मेको ठाउँलाई सम्झनु र पाइला राख्नु आफैंमा असल काम हो ।

तर प्रधानमन्त्रीको असल काममा पनि पहिलो गाँसमै ढुंगा लागेजस्तो भएको छ । प्रधानमन्त्रीको लागि गाउँपालिकाले सार्वजनिक बिदा दियो र प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुनका लागि ‘ड्रेस कोड’ समेत तोकियो ।

प्रदेश र पालिकाले जथाभावी बिदा दिने गरेको र जनप्रतिनिधिले अनावश्यक मानसम्मान खोज्ने गरेको भनेर आलोचना भैरहेको बेला प्रधानमन्त्रीलाई खुशी पार्न गरिएको यो कामलाई उचित मान्न सकिंदैन । मितव्ययी नारा बोकेका प्रधानमन्त्रीले आफ्नो जन्मदिनको नाममा भएको यो फजुल कार्य रोक्न सक्नुपथ्र्यो । 

जन्मदिनमा प्रधानमन्त्रीले जन्मथलो मात्र होइन, पुरै देश र नागरिकले अनुभव गर्नेगरी केही नयाँ गरिदिए हुन्थ्यो । किनकी प्रधानमन्त्री ओलीको यो जन्मदिन अघिल्ला वर्षहरुभन्दा भिन्न र महत्वपूर्ण छ । केही महिनाअघि उहाँ गम्भीर बिरामी हुनुभयो । लामो समय अस्पताल बस्नुपर्यो । धेरैले त माया नै मारिसकेका थिए । तर प्रधानमन्त्रीले रोगलाई जित्नुभयो । सबैलाई आश्चर्य बनाउने गरी ओछ्यानबाट उठ्नुभयो र फेरि काममा फर्कनुभयो ।

उहाँ अहिले पनि अस्वस्थ हुनुहुन्छ, तै पनि रोगलाई जित्न सक्ने आत्मबल र इच्छाशक्ति ठूलो छ । प्रतिकूल स्वास्थ्य र परिस्थितिका बाबजुद अनवरत खटिरहने र नागरिकलाई उत्प्रेरित गरिरहने प्रधानमन्त्रीले आफ्नो जन्मदिनमा नागरिकले अनुभव गर्ने कुनै कामको शुरुवात गर्नुपर्थ्याे ।

- सरकारको नेतृत्व गरेदेखि अहिलेसम्म उहाँले आफु भ्रष्टाचार गर्दिन र भ्रष्टाचारीको मुख पनि हेर्न चाहन्न भनेर पटक पटक भन्नु भएको छ । तर पछिल्लो पटक सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा कमिसन प्रकरणमा मुछिएपछि यसले प्रधानमन्त्रीतिर पनि औंला तेर्सिएको छ । यो प्रकरणबारे प्रधानमन्त्रीलाई पनि थाहा थियो, तर किन उहाँ अहिलेसम्म चुप बस्नुभयो भनेर धेरैले प्रश्न गरेका छन् ।

अरु कुरा छोडौं, दुई वर्षअघि नै आउने पक्का भयो भनिएको मेलम्चीको अझै भर छैन । त्यसैले नागरिकले अब यसो होला भनेर आशा गर्न छोडेका छन् ।  आफ्नो विशेष जन्मदिनमा प्रधानमन्त्रीले नागरिकको निराशा हटाउँदै सरकारले भनेका काममा पूर्ण विश्वास गर्ने वातावरण बनाउन सक्नुपथ्र्यो ।

दुई वर्षमा जे जति काण्ड भए, त्यसमा प्रधानमन्त्रीलाई कत्ति पनि पत्तो थिएन या उहाँको जानकारीविनै यी सबै ठूला भ्रष्टाचारका काण्ड भए ? आफूमाथि उठेका यी प्रश्नको स्पष्ट उत्तर दिनु प्रधानमन्त्रीको दायित्व हो । आफ्नो जन्मदिनलाई विशेष बनाउन खोज्ने प्रधानमन्त्रीले यो प्रकरणमा भएको चाहिँ यो हो, तर म भ्रष्टाचार गर्दिन, भ्रष्टाचारीको मुख हेर्दिनँ र अब यस्ता घुस तथा कमिसनको प्रकरण दोहोरिन दिन्नँ भनेर भन्न सक्नुपथ्र्यो । यो आफैमा नागरिककका लागि ‘सरप्राइज गिफ्ट’ बन्न सक्थ्यो ।

- सरकारले आफ्नो दुई वर्ष पूरा गरेर तेस्रो वर्षको यात्रा थालेको छ । पहिलो वर्षलाई आधार वर्ष र दोस्रो वर्षलाई विकासको आरम्भ वर्ष भनेको सरकारले विकास निर्माणका काम गर्दै नगरेको होइन, गरिरहेको छ । नागरिकले खोजेजस्तो विकासका कामले गति लिन नसके पनि सडक, जलविद्युत र पूर्वाधारका क्षेत्रमा देखिने गरी काम भैरहेका छन् । देश उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका १० प्रमुख देशहरुको पंक्तिमा समावेश भयो भनेर प्रधानमन्त्री मख्ख हुनुहुन्छ ।

सरकारको दुई वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा उहाँले बाँकी तीन वर्षमा यसै अवधिमा सम्पन्न हुने, केही अलि लामो समय लिने पूर्वाधार निर्माणमा सरकार संलग्न हुने र यसमा रेलमार्ग गेमचेञ्जर परियोजनाभित्र पर्ने उल्लेख गर्नुभएको छ । केरुङ–काठमाण्डौ–पोखरा–लुम्बिनी रेलमार्ग, रक्सौल–काठमाण्डौ र पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सरकारका ‘ड्रिम प्रोजेक्ट’ भएको र यसै आर्थिक वर्षभित्र जयनगरदेखि बिजलपुरासम्म नेपालको आफ्नै रेल सञ्चालन हुनेगरी काम भइरहेको जानकारी गराउनुभएको छ ।

सुरुङमार्ग, पुष्पलाल तथा मदन भण्डारी राजमार्ग, उत्तर–दक्षिण जोड्ने करिडोर, राष्ट्रिय गौरवका आयोजना पनि सकिन्छ भन्ने प्रधानमन्त्रीको घोषणा छ । 
तर अरु कुरा छोडौं, दुई वर्षअघि नै आउने पक्का भयो भनिएको मेलम्चीको अझै भर छैन । त्यसैले नागरिकले अब यसो होला भनेर आशा गर्न छोडेका छन् ।  आफ्नो विशेष जन्मदिनमा प्रधानमन्त्रीले नागरिकको निराशा हटाउँदै सरकारले भनेका काममा पूर्ण विश्वास गर्ने वातावरण बनाउन सक्नुपथ्र्यो ।

ठूला विकास निर्माणका काममा त समय लाग्ला, प्रक्रिया पुर्याउनुपर्ला । तर तत्काल नागरिकको दैनिक जीवनयापनसँग जोडिएका ससाना कुरामा मात्रै ध्यान दिन सकेमा सरकारको जयजयकार हुन्थ्यो । आफ्नो जन्मदिनमै सरकारको जयजयकार हुने अवसरलाई प्रधानमन्त्रीले गुम्न दिनु हुँदैनथियो । केक काट्ने र माला लगाएजसरी सजिलै नागरिकलाई दिन सकिने केही सम्भावित उपहारको कुरा गरौं है त !

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘आउँदा वर्षहरु उपलब्धिका वर्षहरु हुनेछन् । पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आमचुनावमा जाँदा घोषणापत्रमार्फत व्यक्त गरेका प्रतिबद्धता पूरा भयो भनिनेछ ।’  प्रधानमन्त्रीका यी भाषण, भिजन, एक्सन र मार्गचित्रसँगै नागरिकका अपेक्षा पूरा हुन उहाँ सधैं स्वस्थ हुनुपर्छ । प्रधानमन्त्रीज्यूलाई ६९ औं जन्मदिनको शुभकामना !

- बजारमा दैनिक उपभोग्य वस्तुको भाउ यति महंगो छ कि थोरै आय हुने नागरिकलाई एक पाउ किनेर खान पनि मुश्किल पर्छ । कालोबजारी र बिचौलियाको समस्या उस्तै छ । आफ्नो जन्मदिनमा प्रधानमन्त्रीले सबै नागरिकले सजिलै किनेर खान सक्नेगरी बजार भाउ कायम गर्ने, बिचौलिया र कालोबजारी हटाउने र बजार अनुगमनलाई प्रभावकारी बनाउने भन्ने घोषणा मात्रै होइन, कामकै थालनी गरेर देखाउन सक्नुहुन्थ्यो । यो पनि नागरिकका लागि बहुमूल्य उपहार हुन सक्थ्यो ।

- महंगीसँगै नागरिकले दिनहुँ खेप्नुपरेको अर्को समस्या हो, औषधी उपचार र अस्पतालको सेवा । अस्पताल पुगेका बिरामीको एउटै गुनासो हुन्छ, ‘बिरामी भएर अस्पताल पुग्दा डाक्टर भेट्नै मुस्किल पर्छ । बल्लतल्ल डाक्टर भेटेर जाँच गराउँदा औषधि उपचार गर्न खर्चले पुग्दैन । गरीबले त उपचार नपाएरै मर्नुपर्ने भयो ।’ गम्भीर रोग लाग्दा औषधी उपचार गर्न कत्तिको गाह्रो हुन्छ भन्ने कुरा प्रधानमन्त्री स्वयंलाई राम्ररी थाहा छ ।

त्यसैले सजिलै औषधी उपचार गर्न नपाउने र औषधी उपचार गर्नै नपाएर मर्नुपर्ने अवस्थाको अन्त्यका लागि केही गर्न सकिंदैन र प्रधानमन्त्रीज्यू ? संविधानमा भएका व्यवस्था, चुनावी घोषणापत्र र भैरहेका अरु व्यवस्थालाई कार्यान्वयन गरिदिए मात्रै पनि पुग्छ । आफ्नो दुई वर्षे उपलब्धी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले ४९ जिल्लाका २६ लाख १७ हजार ६ सय ७५ जना स्वास्थ्य बीमाबाट लाभान्वित भएका र अस्पतालहरुमा ९ हजार शैय्या उपलब्ध भएको उल्लेख गर्नुभएको छ ।

अझ जोड दिंदै प्रधानमन्त्रीले ‘यसले अंक पनि बोल्छ र अनुभूति पनि दिन्छ’ भन्नुभएको छ । तर प्रधानमन्त्रीज्यू एकपटक सरकारी अस्पतालमा उपचार गर्नेहरुलाई सोध्नुहोस्, तपाईंको अंकमा बिरामीको अनुभूति बोल्छ कि बोल्दैन ? आफ्नो जन्मदिनमा एकपटक सरकारी अस्पतालमा उपचार गर्न पुग्ने बिरामीलाई भेट्नुभएको भए तपाईंले गरीब र बिपन्न बिरामीको सहुलियत उपचारसँगै अस्पतालको सेवा चुस्त दुरुस्त बनाउने उपायबारे ध्यान दिन सक्नुहुन्थ्यो । बिरामीका लागि फलफूलभन्दा पनि ठूलो उपहार यो हुन सक्थ्यो ।

नागरिकले बारम्बार प्रश्न गरिरहन्छन्, ‘विनाझण्झट, घुसको लेनदेन र भनसुन नगरी सरकारी कार्यालयमा काम हुने दिन कहिले आउँछ ?’ आफ्नो जन्मदिनमा प्रधानमन्त्री एकपटक डिजिटल प्रविधिले काम सजिलो भयो भनिएको कुनै एउटा मालपोत कार्यालय पनि पुग्नुपथ्र्यो ।

- आफ्नो दुई वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले देशको शान्तिसुरक्षाको स्थिति सामान्य र सन्तोषजनक रहेको, नागरिकलाई अनुभूति गर्नसक्ने सुरक्षित र ढुक्कको परिवेश बनाउन सरकार सफल भएको, अपराधीहरु कानूनको कठघरामा उभिन र कानुनबमोजिम सजाय भोग्न बाध्य भएको दावी गर्नुभएको छ । तर प्रधानमन्त्रीज्यू सत्य के हो भने अझै पनि पढ्न गएकी छोरी घर नफर्कंदासम्म बाबुआमाको मुटु ढुकढुक भइरहन्छ । 
आफ्नो जन्मदिनमा यस्ता बाबुआमाको ढकढक भएको मुटु सुनेको भए कति राम्रो हुन्थ्यो ?

- अब धेरै कुरा नगरौं । गरीखान पाउने नागरिकको महत्वपूर्ण एउटा अधिकारको मात्रै कुरा गरौं । ‘देशमै भनेजस्तो काम पाइए खाडीमा काम गर्ने श्रीमान आउँछु भनेका छन्, तर खै काम ?’ ‘सरकारले काम दिँदैन । आफैले केही गर्न खोज्दा पनि सहयोग गर्दैन । उल्टै सडकमा बसेर व्यापार गर्दा लखेट्छ । गरिखानै नपाइने भयो ।’ गाउँठाउँ, शहरबजार धेरैतिर नागरिकका यस्तै गुनासा सुनिन्छन् । तर प्रधानमन्त्रीले रोजगारी बढिरहेको, काम खोज्ने नयाँ जनशक्तिले काम पाइरहेको र नयाँ बेरोजगार नथपिएको घोषणा गर्नुभएको छ । तर आफ्नो जन्मदिन मनाउन ताप्लेजुङ उड्नेबला अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्दै गरेका नागरिकलाई एकपटक भेट्नुभएको भए वास्तविकता थाहा हुन्थ्यो । 

आफ्नो विशेष जन्मदिन मनाउँदै गरेका प्रधानमन्त्रीलाई थाहा हुनुपर्ने हो, कागजमा भएको तथ्याँक र नागरिकले भोग्नुपर्ने तथ्य फरक छ । ढिलासुस्ती, अलमल, झण्झट उस्तै छ । मालपोत, कर कार्यालयदेखि मन्त्रालयसम्म जतातौ झण्झट र सास्ती छ । नागरिकले बारम्बार प्रश्न गरिरहन्छन्, ‘विनाझण्झट, घुसको लेनदेन र भनसुन नगरी सरकारी कार्यालयमा काम हुने दिन कहिले आउँछ ?’ आफ्नो जन्मदिनमा प्रधानमन्त्री एकपटक डिजिटल प्रविधिले काम सजिलो भयो भनिएको कुनै एउटा मालपोत कार्यालय पनि पुग्नुपथ्र्यो ।

दुई वर्षअघि नेकपाले चुनाव जित्दा र केपी शर्मा ओली प्रधानमन्त्री बन्दा सबैलाई लागेकै हो, अब देशमा पक्कै केही हुन्छ । नागरिकले सोचे र खोजेभन्दा धेरै काम हुन्छ । विकास निर्माणको कामले गति लिन्छ । जनजीवन सहज हुन्छ । ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य हुन्छ । रोग, भोक, अभाव, अशिक्षा, असुरक्षा, अलमल, अन्यौल हट्छ । नागरिक सुखी र देश समृद्धिको बाटोतिर अघि बढ्छ । सरकारको नारा पनि यही हो । तर नाराअनुसार सरकारको पारा देखिएन भनेर प्रधानमन्त्रीलाई पनि लाग्नुपर्ने हो ।

हुन त प्रधानमन्त्रीले दुई वर्षको उपलब्धि सार्वजनिक गर्ने क्रममा भन्नुभएको छ – ‘सरकारले सुरु गरेका कामहरु अहिले नै फुलिसकेर फलिसके भन्ने होइन । बिरुवा रोप्ने काम भएको छ । कतै उम्रिदै छन्, कतै टुसाउँदै छन्, कतै बिरुवा हुर्किंदै पनि छन् । सबै एकैचोटि त हुँदैन । भनाइ नै छ नि– ‘रोम वाज नट बिल्ट इन वान डे’ । एकै दिनमा त रोम पनि बनेको थिएन ।’

प्रधानमन्त्रीले भनेको ठिकै हो, एकै दिनमा सबैथोक हुँदैन । तर आमनागरिकको मनमा मरिसकेको आशा जगाउन त सकिन्थ्यो नि । जन्मदिनमा यति आशा देखाउने काम पनि ‘सरप्राइज गिफ्ट’ बन्न सक्थयो ।

प्रधानमन्त्रीले भन्नुभएको छ, ‘आउँदा वर्षहरु उपलब्धिका वर्षहरु हुनेछन् । पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आमचुनावमा जाँदा घोषणापत्रमार्फत व्यक्त गरेका प्रतिबद्धता पूरा भयो भनिनेछ ।’ 

प्रधानमन्त्रीका यी भाषण, भिजन, एक्सन र मार्गचित्रसँगै नागरिकका अपेक्षा पूरा हुन उहाँ सधैं स्वस्थ हुनुपर्छ । प्रधानमन्त्रीज्यूलाई ६९ औं जन्मदिनको शुभकामना !

अन्तिम अपडेट: चैत १९, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया