विश्वका पाँच धनी फुटबलर : काे कति नम्बरमा ?

 फागुन ११, २०७६ आइतबार १९:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्राय अधिकांश फुटबल प्रेमीहरुले आफ्ना खेलाडीकाे जानकारी राखेका हुन्छन् । फुटबल खेलाडीहरुसँग जाेडिएकाे आकर्षक पक्षमध्ये एक हाे, उनीहरुकाे सम्पति र जीवनशैली । 

फुटबल खेलेर धेरै जसो खेलाडीहरुले राम्रो कमाई गरेका हुन्छन् । धेरैजसो खेलाडीले फुटबलबाट नाम र दाम दुबै प्रशस्त कमाउँछन् । वर्तमान समयमा विश्वका पाँच धनी फुटबलरहरु यी हुन् । 

१. फैक जेफ्री बाेल्किआ


ब्रुनाइका सुल्तान हस्सानल बाेल्किआका भतिज फैक विश्वकै धनी फुटबलरमध्ये पहिलो नम्बरमा पर्दछन् । अध्यनकाअनुसार फैकसँग २० बिलियन बराबरको सम्पति रहेको छ । उनी प्रिमियर लिग क्लब लेस्टर सीटीका मिडफिल्डर हुन् भने ब्रुनाइको राष्ट्रिय टिमका लागि पनि खेल्दछन् ।

२. क्रिस्टियानो रोनाल्डो


पोर्चुगल तथा सीरी ‘ए’ क्लब युभेन्टसका स्टार रोनाल्डोका लागि युभेन्टसले वार्षिक ३० मिलियन डलर खर्चिने गरेको बताइएको छ । उनको आफ्नै कपडा ब्रान्ड छ भने उनी फुटबलबाट सन्यासपछि अभिनयमा लाग्ने बताएका छन् ।

उनीसँग ४५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ । रोनाल्डो पाँच पटकको बालोन डी ओर तथा ५ पटकको च्याम्पियन्स लिग विजेता समेत हुन् ।

३‍‍‍‍ .डेभिड बेक्ह्याम

डेभिड बेकह्यामले फुटबलबाट सन्यास लिइसकेका छन् । उनी अहिले आफ्नो छुट्टै क्लब स्थापित गर्न लागिपरेका छन् । उनले मेजर लिग सकरमा नयाँ क्लब इन्टर मायामीको स्थापना गरेका छन् । डेभिडसँग ४५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ ।

४. लियोनल मेस्सी

लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाका कप्तान हुन् भने उनी ६ पटकको बालोन ‘डि’ ओर विजेतासमेत हुन् । मेस्सीसँग ४०० मिलियन बराबरको सम्पति भएको बताइएको छ । मेस्सीका थिएगो, मेटो र सिरो गरी ३ जना छोराहरु छन् ।

५ .नेयमार


ब्राजिलका नेयमार सबैभन्दा धनी फुटबलरमध्ये पाँचौ स्थानमा पर्दछन् । नेयमारले २००३ मा सान्टोसबाट फुटबलको यात्रा सुरु गरेका थिए । भने उनी २०१३ मा बार्सिलोना आएका थिए र त्यही समयदेखि चर्चा बटुल्न सफल भए ।

नेयमारसँग ३५० मिलियन बराबरको सम्पति रहेको बताइएको छ । नेयमार विश्वकै सबैभन्दा अधिक रकममा अनुबन्धित भएका खेलाडी पनि हुन् । उनी २०१७ मा २२२ मिलियन पाउन्डमा पीएसजीमा अनुबन्धित भएका थिए ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया