प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
कैलाली - कैलालीको बसपार्कमा रहेकाे अछाम होटलबाट खैरो हेरोइनसहित पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुवास हमाल, ३३ वर्षीय सुनिल कुँवर र होटल सञ्चालक विजय साउद रहेका प्रहरीले जनाएकाे छ।
उनीहरुबाट ५६० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताउनुभयो ।