अमेरिकी राष्ट्रपति दुई दिने भारत भ्रमणमा, विश्वकै ठूलाे क्रिकेट र‌ङ्गशालाकाे उद्घाटन गर्ने

 फागुन १२, २०७६ सोमबार ९:१३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि आज भारत पुग्दै हुनुहुन्छ । ट्रम्प पत्नी मेलिनियाका साथ बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ । 

कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात जानुहुनेछ। उहाँ अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला मोटेरा स्टेडियममा हुने 'नमस्ते ट्रम्प' कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाे छ । 'नमस्ते ट्रम्प' कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्ने कार्यक्रम छ । 

नमस्ते ट्रम्पको अवधारणा गएकाे वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको 'हाउ दी मोदी' कार्यक्रमको जस्तै रहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा जान लाग्नुभएका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुनुहुन्छ । 

यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओबामाले २०१५ जनवरी २५-२७ मा तीन दिने भारत भ्रमण गर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया