सत्तापक्ष र प्रमुख प्रतिपक्षले लुटतन्त्र मच्चाइरहेका छन्ः राप्रपा अध्यक्ष थापा

 फागुन १२, २०७६ सोमबार १४:८:१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसले लुटतन्त्र मच्चाइरहेको आरोप लगाउनुभएको छ । 

सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यी दुई दलको पछिल्लो समय देखिएका गतिविधिले देशमा लुटतन्त्र हाबी भएको बताउनुभयो ।

अध्यक्ष थापाले ठूला दुई दलका कारण देशमा भ्रष्टाचार मौलाइरहेको दाबी गर्नुभयो । ‘सत्तारुढ दल र प्रमुुख प्रतिपक्ष दलको सहभागितामा देशमा लुटतन्त्र चलिरहेको छ । पछिल्ला घटनाक्रमले पनि यसको पुष्टि हुन्छ’, उहाँले भन्नुभयो, ‘देशमा भष्टाचार झन्–झन्  मौलाइरहेको छ । अब जनस्तरबाट यसको आवाज उठ्न जरुरी छ ।’  

अध्यक्ष थापाले नेकपा र काङ्ग्रेस आफ्नो सिद्धान्तबाट विचलित भएर गलत बाटोतर्फ लागेको बताउनुुभयो । 

फरक प्रसङ्गमा अध्यक्ष थापाले एमसीसीबारेमा सत्तारुढ दल र सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्नुभयो । एमसीसीबारे अहिले आएका भ्रम, आशङ्का सम्बोधन गर्ने गरी सरकारले आफ्ना धारणा सार्वजनिक गर्नुपर्ने उहाँको भनाइ छ । 

केही प्राविधिक विषयलाई संशोधन गरेर एमसीसी पारित गरे राज्यको हितमा हुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया