च्याम्पियन्स लिग: याे हप्ता नापाेलीविरुद्ध महत्वपूर्ण अवे जित निकाल्ने दाउमा बार्सिलोना

 फागुन १३, २०७६ मंगलबार १६:२७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस क्लब बार्सिलोनाका लागि यो साता निकै महत्वपूर्ण बन्न सक्नेछ । ला लिगामा शीर्ष स्थानमा उक्लिएको बार्सिलोना नापोलीविरुद्ध महत्वपूर्ण अवे जित निकाल्दै अन्तिम आठको यात्रा सहज बनाउन चाहन्छ ।

सन् २०१४–१५ को सिजनमा च्याम्पियन बनेपछि बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगमा खासै प्रभाव पार्न सकेको छैन । तर, प्रशिक्षक क्वीके सेटिनको आगमनले बार्सिलोनामा नयाँपन देखिएको छ । तर नयाँ प्रशिक्षकले बार्सिलोना व्यवस्थापन र समर्थकले चाहेको ट्रफीको खडेरी अन्त्य गर्न सक्छन वा सक्दैनन् ।

नापोली पनि जेनारो गाटुसोको आगमनपछि सुधारोन्मुख छ । सिजनको सुरुवातमा कार्लाे एन्सेलोट्टीको प्रशिक्षणमा खेलेको नापोलीले खराब प्रदर्शन गरेको थियो । 
अहिले नापोली सिरि एको छैटौँ स्थानमा छ । पछिल्लो तीन खेलमा अपराजित रहेको नापोली बार्सिलोनाका लागि खतरा बन्न सक्नेछ ।

नापोलीका लागि भने मेस्सीलाई रोक्नु सबैभन्दा ठूलो चुनौती हुनेछ । आइबारविरुद्धको खेलमा मेस्सीले चार गोल गरेका थिए ।
स्वारेज र डेम्बेले इन्ज्युरीका कारण टिममा नपर्दा सबै जिम्मेवारी मेस्सीको काँधमा छ । अग्रपंक्तिमा मेस्सीलाई एन्टाेइन ग्रिजम्यान र अंसु फातीले साथ दिनेछन् ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया