पर्यटनमन्त्री भट्टराईद्वारा सुकेटार विमानस्थलकाे अनुगमन

 फागुन १३, २०७६ मंगलबार १८:२९:१७ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन याेगेश भट्टराईले मंगलबार सुकेटार विमानस्थलकाे अनुगमन गर्नुभएकाे छ ।

गृह जिल्ला ताप्लेजुङ आइपुगेका मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय पाथीभरा म्याराथनको उदघाटन लगत्तै सुकेटार विमानस्थलकाे अनुगमन  गर्नुभएकाे हाे । विस्तार भइरहेको सुकेटार विमानस्थलको वस्तु‍स्थिति बुझ्दै उहाँले भन्नुभयाे, पर्यटकीय जिल्ला भए पनि पर्यटककाे कमी आउनुमा यो विमानस्थल पनि एउटा कारण हाे। 

उहाँले यसलाई आधुनिक तरिकाबाट निर्माण गर्नसके विश्वको तेश्रो तथा नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजंघा, प्रसिद तीर्थ स्थल पाथीभरा, नेपालका पर्यटकीय गन्तव्यमा परेका फुङफुङ्गे झरना, पाथिभरा र तिम्बुङ पोखरी लगायतका विभिन्न पर्यटकीय स्थलहरुमा मनग्य पर्यटक भित्र्याउन सकिने विचार व्यक्त गर्नुभयाे । 

त्यसपछि मन्त्री भट्टराईले काठमाण्डौको दौतरी नेपाल संस्थाका तर्फबाट ताप्लेजुङका विपन्न परिवारका १ सय विद्यार्थीलाई शैक्षिक सत्र २०७७ का लागि ६ लाख ५० हजार बराबरकाे शैक्षिक सामग्री पनि वितरण गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख १, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया