१९ तोला अवैध सुनसहित दुई जना पक्राउ

 फागुन १३, २०७६ मंगलबार २०:७:१५ | रासस
unn.prixa.net

सप्तरी – सप्तरीमा झण्डै पन्ध्र लाख ५८ हजार रुपैयाँ बराबरको अवैध सुनसहित आज दुई जना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले शहीद चोकबाट १९ तोला ९७ लाल सुनसहित लहान नगरपालिका –१९ का मोहम्मद मोतिउल रहमान र मोहम्मद मुचुजालाई पक्राउ गरेको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३८प २६३२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा दुवैको साथबाट चार वटा चेप्टो टुक्रा गोलो बनाएर लुकाइछिपाइ राखिएको सुन बरामद भएको हो । 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले पक्राउ परेको सुनसहित दुवैमाथि कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माड्रमा बुझाइने जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया