रोनाल्डोका छोरा इन्स्टाग्राममा, २४ घण्टामा झण्डै १० लाख फलोअर्स

 फागुन १४, २०७६ बुधबार १२:१५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विश्व फुटबलमा चर्चा कमाउन सफल पोर्चुगलका खेलाडी क्रिस्टियानो रोनाल्डोको छोरा क्रिस्टियानो रोनाल्डो जुनियरको नाममा नयाँ इन्स्टाग्राम अकाउन्ट खोलिएको छ । रोनाल्डोका छोरा विश्वका चर्चित सेलिब्रेटीको सन्तानका रुपमा चर्चित छन् । 

रोनाल्डोजस्तै अनुहार भएका उनी सानैदेखि फुटबलमा लागेका छन् भने आफ्ना बुवाको जस्तै काैशल देखाउन सिपालु भइसकेका छन् । त्यस्तैमा उनी भर्खरै सामाजिक सञ्जाल इन्स्टाग्राममा जोडिएका छन् ।

इन्स्टाग्राम अकाउन्ट खोलिएको २४ घण्टाभित्र झण्डै १० लाख जनाले फलाे गरेका छन् । याे समाचार तयार पार्दासम्म उनका ९ लाख ७९ हजार फलाेअर्स भइसकेका छन् । साथै उनले पाँच जनालाई फलाे गरेका छन् ।  

उनले आफ्नो अकाउन्टमा सुरुवाती तीन वटा भिडियो अपलोड गरेका छन् । जसमध्ये पहिलो भिडियोमा उनले आफूलाई चार वटा भाषामा परिचय दिएका छन् । 

‘यो मेरो नयाँ इन्स्टाग्राम अकाउन्ट हो र म आशा गर्छु तपाईँहरु मनोरञ्जन लिनुहुन्छ’ रोनाल्डो जुनियरले पहिलो भिडियोमा भनेका छन् । 

त्यस्तै दास्रो पोस्टमा उनले आफ्ना भाइबहिनी र बुवा बाथ लिइरहेको फोटो हालेका छन् । उनले तेस्रो पोस्टमा भने आफ्नो आमा जोर्जिना रोड्रिगेजसँगको तस्बिर हालेका छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया