पुबुदु आइतबार नेपाल आउँदै

 फागुन १४, २०७६ बुधबार १६:५५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डै - एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सको प्रशिक्षकका रूपमा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दासानायके आइतबार काठमाण्डौ आइपुग्ने भएका छन् ।

आउँदाे चैत १ गतेदेखि हुने एभरेष्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियेटर्सले पुबुदुलाइ एक सिजनका लागि प्रशिक्षकमा अनुबन्ध गरेको हो । शरद भेषावकर कप्तान रहेको भैरहवाले ईपीएलका लागि ट्यालेन्ट हन्ट पनि गर्दैछ । जसका लागि पनि पुबुदु केही चाँडो नेपाल आउने भएका हुन् ।

पुबुदु नेपाल आइपुगेपछि भैरहवाको ट्यालेन्ट हन्टमा पनि सहभागी हुनेछन ।

पुबुदुकै प्रशिक्षणमा नेपालले अन्तराष्ट्रिय क्रिकेटमा ठुलो सफलता हात पारेको थियाे। उनले नेपाललाइ सन् २०१४ को टी-२० विश्वकपमा पनि पुर्याएका थिए । पुबुदुले नेपाललाई विश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ४ बाट डिभिजन १ को टोलीसम्म बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया