मारिया सारापोभाले लिइन् सन्यास

 फागुन १४, २०७६ बुधबार २०:३९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुसी टेनिस खेलाडी मारिया सारापोभाले खेलाडी जीवनबाट सन्यास लिएकी छिन् ।

२१ औं शताब्दीकी चर्चित तथा धनी टेनिस खेलाडीको सूचीमा पर्ने सारापोभाले ३२ बर्षको उमेरमा टेनिसबाट सन्यास लिएकी हुन् ।

पछिल्लो पटक चोटका कारण धेरै समय कोर्ट बाहिर रहेकी सारापोभा बीचमा प्रतिबन्धमा पनि परेकी थिइन् । सन् २००४ मा १७ बर्षको उमेरमा पहिलो ग्राण्डस्लाम खेल्दा पहिलो पटक नै त्यतिबेलाकी नम्बर एक खेलाडी सेरेना विलियम्सलाई हराएकी थिइन् ।

लगातार ११ वर्ष सर्वाधिक धेरै कमाइ गर्ने महिला खेलाडी बनेकी सारापोभाले सन् २०१५ मा मात्र ३० मिलियन अमेरीकी डलर कमाइ गरेकी थिइन् ।

उनले पाँच पटक ग्राण्डस्लाम जितेकी छिन् । जसमा दुई पटक फ्रेन्च ओपन, एक एक पटक यूएस, विम्बल्डन र अष्ट्रेलियन ओपन रहेका छन् । यस्तै डब्लूटीए टुरको उपाधि उनले सन् २००४ मा उचालेकी थिइन् ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया