जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
कास्की - पोखरामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शालिक अनावरण गरिएको छ ।
नेपाली राजनीतिमा लोकप्रिय युवा नेताको छवि बनाउन सफल अधिकारीको निधन भएको एक वर्षको पुण्यतिथिमा पोखरा-१८ मा रहेकाे जामुनबोटमा बन्दै गरेको शहीद पार्कमा शालिक अनावरण गरिएको हाे ।
शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान, स्व अधिकारीकी धर्मपत्नी विद्या भट्टराई, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीलगायतले अनावरण गर्नुभएको हो ।
यसै सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा बिहीबार पोखरा सभागृहमा प्रथम स्मृति दिवस कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सम्बोदन गर्न नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारै पोखरा आउँदै हुनुहुन्छ ।
कास्कीका उज्यालो सहकर्मी सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।