ठमेल रोड रेसमा १५ सय जना दौडिने

 फागुन १५, २०७६ बिहिबार १३:५५:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मदन भण्डारी स्पोर्ट्स एकेडेमी र रन क्लब नेपालको संयुक्त आयोजनामा आउँदो फागुन २४ गते ठमेल रोड रेस हुने भएको छ ।

आयोजकले बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै दौडमा १५०० धावकहरुको सहभागिता रहने जानकारी दिएकाे छ । जम्मा पाँच किलोमिटरको राेड रेसमा चार वटा विधा समावेश गरिएका छन् । विद्यालय स्तरीय, खुल्ला महिला र पुरुष र भेट्रान गरी चार विधामा सहभागीलाई वर्गीकरण गरिनेछ ।

दौडमा खुल्लातर्फका विजेताले २५००० प्राप्त गर्नेछन् भने दोस्रो हुनेले १२ हजार तथा तेस्रो हुनेले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै भेट्रान विधामा पहिलो हुनेले १० हजार, दोस्रोले पाँच हजार र तेस्रोले तीन हजार जित्नेछन् ।

विद्यालय स्तरमा प्रथम हुनेले १५ हजार, दोस्रोले आठ हजार र तेस्रोले पाँच हजार हात पार्नेछन् ।

दौडमा नेपाली धावन इतिहासका हस्तीहरु बैकुण्ठ मानन्धर, जीतबहादुर केसी लगायतको सहभागिता रहने जानकारी आयोजकले दिएको छ । नेपालले भिजिट नेपाल २०२० मनाइरहँदा यो दौडले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आयोजकको विश्वास छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया