नयाँ टी-२० वरीयता : पारसकाे सुधार, सन्दीप खस्किए

 फागुन १५, २०७६ बिहिबार १६:३३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले बिहीबार सार्वजानिक गरेको नयाँ टी-२० वरीयतामा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो स्थानमा सुधार गरेका छन् ।

वरीयतामा स्पिनर सन्दीप लामिछाने दुई स्थान तल झरेका छन् । टी-२० वरीयताको अलराउन्डरतर्फ पारस खड्का एक स्थान सुधार गर्दै २६ औँ स्थानमा उक्लिएका छन् ।अफगानिस्तानका मोहम्मद नाबी अलराउन्डरतर्फ वरीयताकाे र्शीर्ष स्थानमा छन् । जिम्बावेका सेन विलियम्स दोस्रो स्थानमा उक्लिएका छन् भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा झरेका छन् । यूएईका रोहन मुस्तफा पाँचौ र ओमानका खावर अली छैटौँ स्थानमा छन् ।

बलिङमा नेपाली स्पिनर सन्दीप लामिछाने दुई स्थान खस्किएका छन् । उनी दुई स्थान तल झर्दै ८६ औँ स्थानमा पुगेका हुन् । अफगानिस्तानका स्पिनर राशिद खान बलिङतर्फ वरीयताको शीर्ष स्थानमा यथावत रहेका छन् ।

अफगानिस्तानका अर्क खेलाडी मुजिव रहमान दोस्रो र अस्ट्रेलियाका स्पिनर एडम जम्पा तेस्रो स्थानमा छन् भने अर्का स्पिनर अगर वरियताको चौथो स्थानमा उक्लिएका छन् । दक्षिण अफ्रिकाका तरबेज शाम्सी पाँचौ स्थानमा रहेका छन् ।

सन्दीप र पारसबाहेका नेपाली टिमका करण केसी र सोमपाल कामी अलराउन्डरतर्फ ६६ औँ स्थानमा यथावत रहेका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया