पूर्वमन्त्री बाँस्कोटा अदालतमा : गाली बेइज्जती गरेकाे भन्दै मिश्रविरुद्ध मुद्दा दायर

 फागुन १६, २०७६ शुक्रबार १६:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विजयप्रकाश मिश्रविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुभएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन मागेको आरोप लागेपछि मन्त्री पदबाट राजीनामा दिनुभएका बाँस्कोटाले आफूमाथि झूटो लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै मुद्दा दर्ता गर्नुभएको हो । 

सामाजिक सञ्जालमार्फत बाँस्कोटाले आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत काठमाण्डौमा न्याय माग्दै मुद्दा दायर गरेको जानकारी गराउनुभएको छ । 

यसअघि हिजो काठमाण्डौमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गर्नुभएको थियो । बाँस्कोटाले सार्वजनिक भएको टेप रेकर्ड आफ्नो नभएको नबताएपनि प्रधानमन्त्री ओलीले भने फोन रेकर्ड बनावटी भएको भन्दै बचाउ गर्दै आउनुभएको छ ।

बाँस्कोटाले मिश्रले भेटेर नाजायज प्रस्ताव राखेको पनि स्वीकार गर्नुभएको छ । फरक परिस्थिति र सन्दर्भमा बोलेका कुरालाई प्रविधिको दुरुपयोग गरी बदनाम गर्न प्रयोग गरिएको बाँस्कोटाले दाबी गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया