एक जनाको लागि संविधान संशोधन हुँदैन : उपप्नधानमन्त्री पोखरेल

 फागुन १६, २०७६ शुक्रबार १९:४५:१२ | सुमन तिमल्सिना
unn.prixa.net

फाइल फाेटाे

माेरङ - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एक जनाको लागि मात्र संविधान संशोधन हुन नसक्ने बताउनु भएको  छ।

‘एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने कि नबनाउने, राष्ट्रिय सभाको सदस्य प्रधानमन्त्री हुने कि नहुने भन्ने विषयमा मात्र संविधान संशोधन हुँदैन, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, हामीले भन्दै आएको कुरा के हो भने अभ्यास अनुभव र औचित्यको आधारमा संविधान संशोधन हुन्छ ।’

सरकार असफल रहेको हो भन्ने पत्रकारको जिज्ञासामा मन्त्री पोखरेलले सरकार पूर्ण आफ्नो हैसियतमा भएका र रहिरहने दावी गर्नु भयो ।  विराटनगर बिमानस्थलमा आज साँझ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री परिवर्तन गर्ने विषयमा मन्त्री पोखरेलले भन्नुभयो, ‘विधि सम्मत पार्टी अध्यक्ष प्रधानमन्त्री रहेको अवस्थामा प्रधानमन्त्री फेर्ने बारेमा त्यो कहीँ कतै चर्चा परिचर्चा पार्टीभित्र भएको छैन ।’

अध्यक्ष बीचमा देखिएको अन्तरद्वन्द्व र घटना क्रमले कार्यकर्तामा चिन्ता सिर्जना गर्न सक्ने भए पनि सरकारको मन्त्री र सचिवालय सदस्यको हैसियतमा कुनै पनि चिन्ता लिन नहुने बताउनुभयो । 

पार्टीभित्रको गुटबन्दीलाई आफूले सरकारभित्रको षड्यन्त्रपूर्ण खेलको रुपमा लिएकाे मन्त्री पोखरेलले बताउनु भयो । सरकारका बीचमा देखिने र नदेखिने  त्यस्ता षड्यन्त्रपूर्ण खेललाई चल्न नदिने मन्त्री पोखरेलको भनाइ छ । उहाँले अहिलेको सरकार नै पाँच वर्षसम्म टिकिरहने दावी पनि गर्नुभयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया