छात्रावासमा आगलागी हुँदा २५ लाख बराबरको क्षति

 फागुन २२, २०७६ बिहिबार १५:२५:२० | सुजता सुनुवार
unn.prixa.net

इलाम - इलामको फाकफोथुम गाउँपालिका-६, फुस्रेमा रहेको तीनजुरे बोर्डिङ्ग स्कूलको छात्रावासमा आगलागी हुुँदा २५ लाख बराबरको क्षति भएको छ ।

बुधबार राति विद्युत सर्ट भएर आगलागी हुँदा काठ र टिनबाट बनेका दुई तले घर जलेर नष्ट भएको प्रहरी चौकी एकतप्पाले जानकारी दिएको छ । प्रहरीकाअनुसार, घरभित्र रहेको भाँडाकुडा, लत्ताकपडा, अन्नपात, टेलिभिजन दुई थान, ल्यापटप ४ थान, कम्प्युटर २ थान, कुर्सी, दराज खाट जलेर नष्ट भएकाे छ। 

स्थानिय र प्रहरीको सहयोगबाट झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया