आर्मीलाई हराउँदै आयोजक माइभ्याली फाइनलमा

 फागुन २२, २०७६ बिहिबार २०:२:४७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – छैटौँ संस्करणको माइभ्याली गोल्डकपमा त्रिभुवन आर्मीलाई सडनडेथमा हराउँदै आयोजक माइभ्याली फुटबल क्लव प्रतियोगिताको फाइनलमा पुगेको छ ।

त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई  ५–४ गोल अन्तरले हराउँदै आयोजकले पहिलो पटक फाइनलको यात्रा तय गरेको हो ।

निर्धारित सयममा १–१ गोलको बराबरी भएपछि खेल थप समयमा धकेलिएको थियो । थपिएको समयमा खेलको नतिजा ननिस्किएपछि खेल टाइब्रेकर गराइएको थियो । ट्राइब्रेकरमा समेत बराबरी गोल भएपछि सडन डेथका आधारमा खेलको निर्णय लिइएको हो । 

ट्राइब्रेकरमा माइभ्यालीका गोल रक्षक देव लिम्बुु, एन्ड्रि थेरी, इन्द्रजित क्षेत्री, पासाङ शेर्पा, प्रिजन तामाङले गोल गरेका थिए । आर्मीका लागि दिपक गुरुङ्ग, राजु आले, दिप लामा र राजिव गुरुङ्गको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ दी म्याच माईभ्यालीका गोलरक्षक देव लिम्बु भए । उनले नगद १० हजार प्राप्त गरेका छन् ।  

खेलको ७ औँ मिनेटमा पहेलो कार्ड पाएका आर्मीका खेलाडी विवेक बस्नेतले थप समय १०७ औँ मिनेटमा पहेलोसँगै रातो कार्ड पाउदै मैदान छाड्नु परेको थियो । यसपछि भने आर्मी १० टीममा सीमित भएको थियो । 

माइभ्याली गोल्डकपको उपाधिका लागि शनिबार माइभ्यालीले लिग विजेता मछिन्द्र क्लबको सामना गर्नेछ । माइभ्यालीले पहिलो चरणमा ग्यान्टोक सिटि फुटबल क्लब, क्वार्टर फाइनलमा मोहम्मडन स्पोर्टिङ्ग क्लब कोलकता र सेमीफाइनलमा त्रिभुवन आर्मीलाई पराजित गर्दै फाइनमा स्थान पक्का गरेको हो । 

प्रतियोगीताको फाइनल खेल २४ गते हुनेछ । गोल्डकपको विजेताले आठ लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया