बैतडीमा दुईजना मृत फेला

 फागुन २४, २०७६ शनिबार १४:४९:३६ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीमा फरक–फरक दुई ठाउँमा दुईजना मृत फेला परेका छन् । बैतडीको मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट र दार्चुलाको शैल्यशिखर नगरपालिका  २ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला पर्नुभएको हाे ।

मेलौली नगरपालिका ६ हतरंगा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका ३ साउगाडामा र मीनबहादुर पाल बैतडीको डिलाशैनी गाउँपालिका ३ बगडीकाे सडक छेउमा आज बिहान मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

मृतक भट्टले शुक्रबार जाँडरक्सी सेवन गरेको र पालकाे पनि जाँडरक्सी सेवनबाट ज्यान गएको हुन सक्ने प्रहरीले अनुमान गरेकाे छ ।

मृतक दुवै जनाकोे शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउन लागिएको प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया