लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
फ्रान्सका बेन्जामिन पाभार्डको गोल विश्वकपको गोल सर्वोत्कृष्ट गोल घोषित भएको छ ।
अर्जेन्टिनाविरुद्धको खेलमा उनले सो गोल गरेका थिए । फुटबल फ्यानहरुले उनको सो गोललाई ३० लाख भोट दिएका छन् । डिफेन्डर पाभार्डले खेलको ५७ औं मिनेटमा पोस्टको माथिल्लो भागमा उत्कष्ट गोल गरेका थिए ।
अर्जेन्टिनासँग २–१ ले पछि परेको अवस्थामा उनको बराबरी गोललाई फिफाको वेवसाइटमा ३० लाखको भोट आएको थियो ।
‘यस बारे मैले सोचेकै थिइन । एक गोलले पछि परेको अवस्थामा टिमका लागि योगदान गर्नेमात्र सोचेको थिए ।’ बराबरी गोल गरेका पाभार्डले भने ।
‘बल मसम्म आइपुग्दा बाउन्स भएको थियो । मलैले सो बललाई जालीको दिशा दिन चाहन्थेँ ।’ पाभार्डले थपे ।
जापानविरुद्धको खेलमा कोलम्बियाका हुवान क्वीन्टेरोको फ्रिकिक दोस्रो उत्कृष्ट भयो भने अर्जेन्टिनाविरुद्ध क्रोएसियाका लुका मोड्रिचको गोललाई समर्थकले तेस्रो उत्कृष्ट गोल बन्यो ।