नक्कली नागरिकता बनाइदिने पूर्व गाविस सचिव पक्राउ

 फागुन २५, २०७६ आइतबार २०:२३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा – नक्कली नेपाली नागरिकता, जन्मरमृत्यु दर्ता, बसाइसराइ, विवाह दर्तालगायतका विभिन्न सरकारी कागजातहरु बनाइदिने पूर्व गाविस सचिव पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नम्बर ७ का बिन्दाप्रसाद साह रहेका छन् ।  उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ को फुलबारी टोलबाट पक्राउ गरेको हो । उनले मोटो रकम लिएर विभिन्न सरकारी कागजातहरु बनाइदिने गरेको बताइएको छ । 

साहलाई नेपाली नागरिकता, नागरिकता बनाउन प्रयोग हुने फोटो टाँसी तयारी गरेका अनुसूची–१ का फारमहरु, जन्म दर्ता, मुत्यु दर्ता, विवाह दर्ता, बसाइसराइ, जन्म प्रमाणित, एनटीसी, एनसेल का सिम कार्डहरु लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु सहित पक्राउ गरिएको हो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया