जबरजस्ती रङ्ग दल्ने र लाेला हान्ने ७ महिलासहित ८० जना पक्राउ

 फागुन २६, २०७६ सोमबार १७:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – फागु अर्थात् होली पर्वमा उच्छृङ्खल गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । 

होलीको बहानामा काठमाण्डौ उपत्यकामा उच्छृङ्खल गतिविधि गर्ने सात महिलासहित ८० जना पक्राउ परेका हुन् । काठमाण्डौबाट सात महिलासहित ५९ जना पुरुष तथा ललितपुर र भक्तपुरमा सात–सात जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उनीहरुले जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने र होहल्ला गरेकाले पक्राउ गरिएको हो । 

चाडपर्वको बहानामा नियम मिच्ने, कानुनको उल्लङ्घन गर्ने र अनुचित क्रियाकलाप गर्ने क्रम बढ्दो छ । यद्यपि चाडपर्व मनाउँदा संयमित रहन र नियम मान्न प्रहरीले अनुरोध गर्दै आइरहेको छ । 

बर्सेनि होलीमा उच्छृङ्खल गतिविधि गर्ने र पक्राउ पर्ने क्रम भने रोकिएको छैन । 

अन्तिम अपडेट: चैत ७, २०८०

1 Comments

  • Prabesh

    March 9, 2020, 7:13 p.m.

    इलामको फोटो काठमाडौ को समाचार हेर बिजोग !

  •  0 Reply

तपाईको प्रतिक्रिया