घुस सहित कार्यालय प्रमुख पक्राउ

 फागुन ३०, २०७६ शुक्रबार ७:४२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई घुस रकम सहित पक्राउ गरेको छ ।

घुस रकम लिएर बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाण्डाै जाँदै गरेको सूचनाको आधारमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख एवं उपसचिव श्रेष्ठलाई अख्तियारको टोलीले घुस लिएको रकम दुई लाख पाँच हजार सहित पक्राउ गरेको अख्तियारका एक कर्मचारीले जानकारी दिए ।

वन कार्यालयका सहयोगी र चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएकाे अख्तियारले जानकारी दिएको छ । घुस रकम लिएर दोलखाबाट हिँडेको जानकारी आएपछि अख्तियारले गठ्ठाघर चोकमा श्रेष्ठ सवार गाठी रोकेर रकम सहित पक्राउ गरेकाे हाे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Toya nath

    March 13, 2020, 8:49 a.m.

    भ्रष्ट कर्मचारीलाई टुँडिखेलमा लगेर सबले देख्ने गरि क्रेनमा झुण्डयाए राख्नुपर्ने , अनि भ्रष्टाचार कम हुन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया