कक्षाभित्र परीक्षा, चाैरमा व्यवस्थापन समितिका अध्यक्षकाे छाेराकाे बिहे भाेज

 फागुन ३०, २०७६ शुक्रबार २१:३:७ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - औरही नगरपालिका ८ मा रहेको सोनामाई आधाभूत विद्यालयमा परीक्षा चलिरहेकै समयमा चाैरमा बिहे भाेजकाे आयाेजना गरिएकाे भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

वार्षिक परीक्षा सञ्चालन भैरहेकाे समयमा विद्यार्थीलाई असर पर्नेगरी चाैरमा व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवका छाेराकाे बिहे भाेजकाे आयाेजना गरिएकाे थियाे । 

वार्षिक परीक्षा सञ्चालन भैरहेको समयमा विद्यालयमा भोज भतेर गरेकोप्रति आपति जनाउँदै समाजमा भएका गलत गतिविधिलाई गलत भनेर विरोध गर्नुपर्ने स्थानीयकाे भनाइ छ।

यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी यादवसँग आइतबार लिखित स्पष्टीकरण माग गरिएको बताउनुभयाे ।

जिल्ला शिक्षा समन्वय इकाई महोत्तरीका प्रमुखशत्रुध्न प्रसाद यादवले विद्यालय समुदायको सम्पति भएकोले यसलाई संरक्षित गर्नका लागि स्थानीयले नै उचित भूमिका निर्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयाे । 

प्रमुख यादवले यस सम्बन्धमा विस्तृतमा बुझेर प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिनुभयाे ।  
 

अन्तिम अपडेट: चैत १६, २०८०

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

1 Comments

  • Bimlendra Kumar jha

    March 14, 2020, 12:34 a.m.

    🤔🤔Happy holi 😀😀

  •  0 Reply

तपाईको प्रतिक्रिया