सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
गुल्मी - नेत्र विक्रम चन्द 'विप्लव' समूहमा आबद्ध एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मदाने गाउँपालिका ६ पुर्कोट दहका ४६ वर्षीय वसन्त गैरे भनिने सन्ते नेपाली रहेका छन् । उनी दलित मुक्ति मोर्चाका गुल्मी जिल्ला संयोजक हुन् ।
उनलाई विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेकाे हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले पक्राउ परेका वसन्तलाई जिल्ला प्रहरी कार्यालय तम्घासमा राखिएकाे जानकारी दिनुभयाे ।
विप्लव समूहको गतिविधि बढ्नसक्ने आशङ्कामा प्रहरीले गाउँगाउँमा गस्ती अभियान सुरु गरेकाे छ । पछिल्लो समय प्रहरीले विप्लव समूहका गतिविधिमाथि कडा निगरानी गर्दै आएको छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।