प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
इलाम - इलामको देउमाई नगरपालिका-४ बुधबारेमा रहेकाे एक डेरी उद्योगमा आगलागी हुँदा ७० लाखभन्दा बढीकाे क्षति भएको छ ।
स्थानीय अशेष बुढाथोकीकाे गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा दुध पेल्ने मेसिन, घ्यु र छुर्पीलगायतका सामान जलेर नष्ट भएका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले क्षतिबारे यथार्थ विवरण आउन बाँकी रहेको छ ।
वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले दिउँसो ३ बजेदेखि आगलागी सुरु भएको बताउनुभयाे । डेरी उद्योगमा लागेकाे आगाे नियन्त्रणमा आइसकेको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताउनुभयो ।
नगरपालिकाकाे दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । नगरपालिकाले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ ।