शेयर बजार तीन अङ्कले घट्याे
बैशाख १३, २०८१ बिहिबार
इराकी एयरवेजका दुई जना पाइलटबीच जहाज उडिरहेकै बेला हात हालाहाल भएको समाचार सार्वजनिक भएको छ ।
बुधबार इरानको मशद विमानस्थलबाट इराकका लागि उडेको इराकी एयरवेजकाे एउटा जहाज ३७ हजार फीटमा उडिरहेका बेला सामान्य भनाभनबाट सुरु भएको दुई पाइलटको झगडा हात हालाहालको अवस्थासम्म पुगेको थियो ।
जहाजमा एक सय ५७ जना यात्रु सवार थिए । विमानले तुर्कमेनिस्तान र अफगानिस्तानको सीमामाथि जहाज उडिरहेका बेला पाइलटहरु एक आपसमा लडेका हुन् । दुई पाइलटबीचको झगडाले उडान नै जोखिममा परेकाले विमानमा रहेका सुरक्षा गार्डले दुई पाइलटलाई छुट्याएका थिए ।
घटना घटेको एक दिनपछि इराकको यातायात मन्त्रालयले घटनाको छानविन गरेको बताएको छ । साथै मन्त्रालयले ती दुई पाइलटलाई उडान भर्नबाट प्रतिबन्ध लगाएको समेत जनाएको छ ।
सन् २०१५ देखि इराकी एयरवेजलाई सार्वजनिक सुरक्षा मापदण्ड पूरा नगरेकाले युरोपेली आकाशमा उडान गर्न प्रतिबन्ध लगाइएको छ ।
Khem bhandari
March 16, 2020, 5:36 p.m.Corona virus in details