एसएमएस वाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

 चैत ७, २०७६ शुक्रबार ६:५५:२२ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – कल वाइपास सबैले सुन्दै आएको हो तर एक जना भारतीयले भने एसएमएस नै वाइपास गरेको तथ्य फेला परेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अत्याधुनिक प्रविधिको प्रयोग गरी एसएसमएस वाइपास गरेको नेपालमा पहिलो भएको दाबी गरेको छ । यस्ताे अवैध कार्यमा संलग्न रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ । 

पक्राउ परेका व्यक्तिले काठमाण्डाै उपत्यकाका विभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ उपकरण राखी गैरकानुनी रुपमा अन्तर्राष्ट्रिय एसएसएस वाइपास गर्ने गरेको खुलेको छ ।

पक्राउ पर्नेमा काठमाण्डाै महानगरपालिका २५ टङ्गालमा रहेकाे तुलसी महर्जनको घरमा कोठा भाडामा लिइ बस्दै आएका भारतका ३५ वर्षीय प्रशान्त साह रहेको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । 

शाहमाथि दुरसञ्चार ऐन, २०५३ अन्तर्गत कारबाही थालिएको छ । उनको साथबाट प्रहरीले विभिन्न सञ्चार उपकरण बरामद गरेको छ । यस्तै तीस थान नेपाल टेलिकमको सिम र एक ८५ थान एनसेलको सिमसमेत बरामद गरिएको छ ।

प्रहरीका अनुसार अनुसन्धानमा विगतमा कल वाइपास गर्दै आएकोमा अहिले नयाँ तरिकाले एसएसएस वाइपास गर्ने गरेको फेला परेको हो । ती व्यक्तिले याे कामका लागि सबै उपकरण भारतबाटै ल्याएको खुल्न आएको छ । वाइपासमा उनी एक्लै सहभागी भएको समेत प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया