वनको मूल्य बढ्यो, रियाल, दिर्हाम, रिंगिट कमजोर

 साउन ११, २०७५ शुक्रबार १०:५२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रिदर २९ रुपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रिदर ३० रुपैयाँ २६ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रिदर २९ रुपैयाँ ९९ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ९८ पैसा र बिक्रिदर २७ रुपैयाँ १३ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७९ पैसा र बिक्रिदर ९ रुपैयाँ ८४ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ६२ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३ सय ६४ रुपैयाँ १२ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ८९ रुपैयाँ ९३ पैसा र बिक्रिदर २ सय ९१ रुपैयाँ ५२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया