यूएईमा कोरोना सङक्रमित दुई जना नेपाली निको भए : दूतावास

 चैत १०, २०७६ सोमबार २१:५१:५६ | उमाकान्त पाण्डे

यूएई – यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नेपाली निको भएका छन् । यूएईमा कोरोनाको सङ्क्रमण देखिएका दुई जना नै निको भएको र अस्पतालको प्रक्रिया अनुसार डिस्चार्ज गरिने यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले उज्यालोलाई जानकारी दिनुभयो ।

यूएईको स्वास्थ्य मन्त्रालयले सोमबार नियमित ब्रिफिङमा दुई नेपालीसहित एक इरानी नागरिक निको भएको जानकारी गराएको दूतावासले पुष्टि गरेको हो ।

रोजगारीका लागि विदेश गएका नेपालीमध्ये बहराइनमा पनि तीन नेपालीमा कोरोनाको सङक्रमण भएको छ भने तीन जना क्यारेन्टाइनमा रहेका बहराइनमा रहेको नेपाली दुतावासले जनाएको छ । यूएईमा रहेका सबै नेपालीलाई सतर्क रहन र नआत्तिन दूतावासले अनुरोध गरको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

1 Comments

  • Yadu Gautam

    March 24, 2020, 12:38 a.m.

    सबै नेपाली सचेत हुनु जरुरी छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया