महावीर पुनले कोरोनाको उपचार गर्ने डाक्टरका लागि पोसाक बनाउने

 चैत ११, २०७६ मंगलबार १७:३२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले कोरोनाको जाँच र उपचार गर्दा डाक्टरले लगाउनुपर्ने सुरक्षाका सामान अर्थात पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) बनाउने घोषणा गर्नुभएको छ । 

त्रिवि शिक्षण अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पीपीई बनाउन अनुरोध गरेपछि तत्काललाई ४ सय थान पीपीई बनाउने सामान उपलब्ध भएको र अब त्यसलाई सिलाउने व्यक्ति खोजेर सिलाइने पुनले जानकारी दिनुभयो ।

यो काममा सहयोग गर्न चाहनेलाई तुरुन्त सम्पर्क गर्न पनि पुनले आग्रह गर्नुभएको छ । 

कोरोनाको जाँच र उपचारमा डाक्टरले लगाउने पीपीईको अभाव रहेको समाचार सार्वजनिक भएपछि पीपीई बनाउन अग्रसर भएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • तिलक लामा

    March 26, 2020, 1:35 a.m.

    गर्छु, गर्ने निर्णय गरेको छु हैन, बनाएर देखाउनुस हजुर। बनाइसके पछि मैले एस्तो बनाए भनेर छात्ती ठोकेर भन्नुस न अनि पो सुन्ने हेर्नेलाई पनि गरेछ है भन्ने भान हुन्छ। अब म गर्दै छु, गर्ने छु भन्दै भबिस्यको कुरो गर्ने समय होइन नि माहाविर जि। गरेर देखाइउ अनि भनौला जय नेपाल!! जय महाविर! तर सपना देखाउन छोड्नुस।

  •  0 Reply

तपाईको प्रतिक्रिया