कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ सरकारद्वारा १० करोडको कोष स्थापना

 चैत ११, २०७६ मंगलबार १८:१७:४९ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ सरकारले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ कोरोना जनसुरक्षा कोष स्थापना गर्नुका साथै त्यो कोषमा प्रदेश सरकारको तर्फबाट १० करोड रुपैयाँ जम्मा गरेको छ ।

त्यो कोषमा मुख्यमन्त्री सहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेशन डेक्स स्थापना गर्ने निर्णय गरेको छ । साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोएिको छ र तिनले प्रत्येक दिन इन्फरमेशन डेक्समा कोरोनासम्बन्धी सूचनाहरु उपलब्ध गराउने छन् । 

यसैबिच प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नेपाल सरकारद्वारा स्थापित 'कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष' मा एक महिना बराबरको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ । 

अन्तिम अपडेट: चैत २, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया