अमेरिकी डलरको भाउ ५१ पैसाले घट्यो

 चैत १२, २०७६ बुधबार ७:१२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज अमेरिकी डलरको भाउ ५१ पैसाले घटेको छ । आज १ अमेरिकी डलरको बिक्रीदर १ सय २१ रुपैयाँ ८३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

मंगलबार १ डलरको बिक्रीदर अहिलेसम्मकै महँगो १ सय २२ रुपैयाँ ३४ पैसा थियो ।

आज १ अमेरिकी डलरको खरिददर हिजोकोभन्दा ५१ पैसाले घटेर १ सय २१ रुपैयाँ २३ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया