‘लकडाउनलाई अटेरी नगरौं, आफन्तको शव हेरेर रुन पनि नपाउने अवस्था आउन सक्छ’

 चैत १२, २०७६ बुधबार १०:४१:४८ | उज्यालो सहकर्मी

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि सरकारले लकडाउन गरेको छ । मंगलबार लकडाउन पूर्ण रुपमा सफल भएको सरकारको दावी छ । नागरिकको सुरक्षाको लागि नै सरकारले लडडाउन गरे पनि केही ठाउँमा भने यसको उल्लंघन भएको छ । नागरिकले सरकारलाई नटेरेको जस्तो देखिएको छ । तर सरकारले भने लकडाउनको उल्लंघन गर्नेले निकै पछुताउनुपर्ने चेतावनी दिएको छ । 


उज्यालो अनलाइनसँगको कुराकानीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालले अहिले बाहिर निस्कने र सरकारलाई नटेर्नेले ठूलो मूल्य चुकाउनुपर्ने र आफन्तको शव समेत हेर्न नपाउने दिन आउनसक्ने भएकाले सचेत हुन आग्रह गर्नुभएको छ । 


‘समग्रमा लकडाउन नागरिकले पालना गर्नुभएको छ, उहाँहरुलाई म धन्यवाद भन्छु, धेरैले आफूलाई सुरक्षित राख्नुभएको छ, तर केहीले भने यसलाई पालना गर्नुभएको छैन, उहाँहरुले आफ्नै लागि पनि सोच्नुपर्छ’ ज्ञवालीले भन्नुभयो । 


कोरोनाको औषधि अहिलेसम्म पत्ता नलागेको र संसारका विकसित र स्वास्थ्य अनुसन्धानको क्षेत्रमा अब्बल ठहरिएका देश पनि हायलकायल हुने अवस्थामा रहेकाले नेपालमा पूर्वसतर्कता नै सबैभन्दा ठूलो बुद्धिमानी हुने परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ । तर अहिले सतर्कता नअपनाए पछि पछुताउनुको विकल्प नहुने पनि ज्ञवालीले बताउनुभयो । 


‘अहिले सचेतना अपनाउनुपर्छ, यदि हामीले अटेरी गर्दा भोलि बिरामी हुँदा कोही भेट्न आउन पाउनुहुन्न, दुखद निधन भयो भने आफन्तको शव हेरेर रुन पनि पाइन्न, अवस्था त्यस्तो भयावह हुन सक्छ, त्यसैले अहिले सरकारले भनेको कुरालाई पालना गर्न म अनुरोध गर्दछु ।’


कोरोना फैलन थाल्यो भने चैत वैसाखको डढेलो भन्दा पनि छिटो फैलने भएकाले बरु थोरै दुःख परे पनि घरमै बस्न मन्त्री ज्ञवालीले आग्रह गर्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

2 Comments

  • चेतन दाहाल

    March 25, 2020, 10:11 p.m.

    ग्यास साझ बिहान भएको छ । सरकारले घरमा नै ग्यास ल्याइदिने ब्यवस्था गरिदिनी पर्यो । होइन भने एकातिर कोरोनाको डर अर्को तिर आफू त पानि खाएर पनि बसौला कलिला छोरछोरी लाई भोकै राख्नु भएन नि । खाली ग्यासको सिलिन्डर बोकेर हिडेको बाइकलाइ केही समय छुट दिनु पर्यो सरकार ।

  •  0 Reply
  • झक ब कामी

    March 25, 2020, 12:20 p.m.

    सरकारले यो लकडाउन गर्नु हामी जनताको सुरक्षाओ लागि हो, कृपया सबैले बुजेर नियमलाई पालाना गर्नुहोला / म लगाएत हामी धेरै विभिन्न देशका नागरिक हरु पनि कोरन्टाईनमा छौँ / दोहा कतार

  •  0 Reply

तपाईको प्रतिक्रिया