डलरको भाउ ओरालो लाग्दै

 चैत १३, २०७६ बिहिबार ९:२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गएको मङ्गलबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ घट्न थालेको छ । 

बिहीबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ७२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो अर्थात् एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो । 

मङ्गलबारको भाउमा ५१ पैसाले घटेर बुधबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २१ रुपैयाँ ८३ पैसा तोकिएको थियो । बिहीबार त्यसमा पनि ११ पैसाले घटेको हो । 

आज अमेरिकी डलर १ को खरिददर १ सय २१ रुपैयाँ १२ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया